Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डसँग असन्तुष्ट ओली : भारत भ्रमणको यसरी गरे चिरफार


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संरक्षण र भौगोलीक अखण्डताको रक्षाका बिषयमा वर्तमान सरकार र प्रधानमन्त्रीमाथि सन्देह उत्पन्न भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रणणका क्रममा प्रधानमन्त्रीको व्यवहार र बोलेको कुराले राष्ट्रिय हितको संरक्षण र भौगोलीक अखण्डताको रक्षाका बिषयमा सन्देह उत्पन्न भएको बताएका हुन् । कम्फरटेवल बन्न खोज्ने वर्तमान सरकारका प्रधानमन्त्रीले राष्ट्रका सीमा, नक्साका बिषयमा अडानहिनता देखाउनु दुखद कुरा भएको उनको जिकिर छ ।

ओलीले नागरिकता विधेयकलाई संसदमा फेरी ल्याउनुपर्ने र वर्तमान सदनले छलफल गर्न पाउनुपर्ने पनि बताए । लोकतान्त्रीक पद्धती र संसदको विशेषाधिकारलाई मन्त्रीपरिषदले मिच्न नपाउने उनको भनाई छ ।

कुनै पनि बिधेयकलाई सरकार नै नभई सभामुखलाई मात्रै तोक लगाउने अधिकार रहेको ओलीले बताए । उनले भारत जानु केहि घण्टा अघि मात्रै प्रमाणीकरण गर्नुले थप सन्देह उत्पन्न भएको बताए ।

ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरेका छन् । नेपालको शिर ठडिने गरी प्रधानमन्त्री प्रस्तुत हुन नसकेको र प्रोटोकल भद्रगोल बनेको उनले बताए ।

संसदमा सम्बोधन गर्दै ओलीले भने–“प्रधानमन्त्रीज्यू अत्यन्त फितलोरुपमा प्रस्तुत हुनुभयो । वास्तवमा भन्ने हो भने, मलाई भन्न त मन थिएन, तर हाम्रो प्रोटोकल नै भएन । तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् ।”


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode