क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टिममा कोको छन् ?

काठमाण्डौ । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा भएको छ । प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।
त्यसैगरी करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् । नेपालको प्रशिक्षक भोलिदेखि सुरु हुनेछ । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई जेठ १७ गतेदक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ । दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ । घरेलु मैदानमा प्रशिक्षण गरेपछि नेपालले विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्नेछ । नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ । नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ ।
क्याटेगोरी : देश
प्रतिक्रिया