Techie IT
  • १३ मंसीर २०८०, बुधबार
  • काठमाडौं
Khoj Mission News

शरणार्थी प्रकरणका बेला राजेन्द्र लिङ्देनले उठाए विगतका काण्ड


काठमाण्डौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानविनलाई निष्कर्षमा नै पुराउने गरि अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार पार्टी निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनलेको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानविनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानविन गर्न नहुने उनले बताए । उनले नक्कली शरणार्थी प्रकरणको छानविनमा कुनै राजनीतिक स्वार्थ नभए यस बिषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् । आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले विरोध जनाएका हुन् ।

कार्यक्रममा दौरान शाहीलाई मञ्चमा बोल्न नबोलाएको भन्दै सहभागीहरुले होहल्ला सहित नारावाजी गरेका थिए । उनीहरुले आफुहरु ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए । नारावाजीपछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode