तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु

तनहुँ । तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । आज बिहान बन्दीपुर गाउँपालिका ५ आँधीखोला स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेका घरमा ठोकीएको थियो ।
दुर्घटनामा घाईते मध्य तीन जनाको चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका १ का १२ वर्षका आयुस भुजेल, वर्ष ५० का चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । ट्रक सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको थियो ।
क्याटेगोरी : देश
प्रतिक्रिया