Techie IT
  • ११ भदौ २०८३, बिहीबार
  • काठमाडौं
Khoj Mission News

रसुवाका बाढी पीडितलाई गोदावरी नगरपालिकाको ५० लाख सहयोग


ललितपुरको गोदावरी नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

​आज बसेको कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायतास्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । ठूलो प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको पालिकाले जनाएको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकको निर्णय सुनाउँदै भने, रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।

घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिने मेयर महर्जनले जनाए


क्याटेगोरी : अड्डामा खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode