गायिका दर्पण उपाध्यायको ‘म फूलहरूको बीचमा’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका दर्पण उपाध्यायको आवाजमा रहेको नयाँ गीत ‘ म फूलहरूको बीचमा ’ सार्वजनिक भएको छ । उक्त गीतमा डा. कालिका प्रसाद उपाध्यायको शब्द तथा दीपक पाठकको संगीत रहेको छ । उक्त गीतको रेकर्डिङ राजेश थापाले गरेका हुन्, भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । उक्त गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्, भने गीत ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो ।
यसैगरी, म्युजिक भिडियोमा गायिका दर्पण उपाध्यायले आफ्नै परिवारसँगै अभिनय गरेकी छिन् । उक्त भिडियोको छायांकन, सम्पादन तथा रङ संयोजन प्रदिप थापा मगरले गरेका हुन्, भने कथा तथा निर्देशन रुद्र सिंह थापाले गरेका छन् । उक्त भिडियोको कोरियोग्राफी उर्मिला न्यौपानेले गरेकी हुन्, भने श्रृंगार ( मेकअप ) पवित्रा न्यौपाने गरेकी छिन् । भिडियोलाई सुस्मा त्रिपाठीले निर्माण गरेकी छिन्, उक्त गीतको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन्, भने मिडिया पार्टनरको रूपमा जन अपडेट रहेको छ ।
त्यस्तै, उक्त गीत भिडियोको लाइट टेक्निसियनमा मेघराज धिमाल रहेका छन्, पोष्ट प्रोडक्सन इभर ग्रिन मिडिया नेटवर्क प्रा.लि. र बी६ प्रोडक्सन नेपाल प्रा.लि. ले गरेको छ । यस गीतको मिडिया पार्टनर जन अपडेट रहेको छ । यस गीतको पारिवारिक परिवेशमा आधारित यस भिडियोले दर्शकहरूको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । उक्त गीतको भिडियो कालिका प्रसाद उपाध्यायको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
क्याटेगोरी : देश








प्रतिक्रिया