Techie IT
  • १८ पुस २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

जेनजी आन्दोलन छानबिनः देउवा र प्रचण्डलाई बयान शैलीका प्रश्न


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँच गरिरहेको आयोगले प्रमुख राजनीतिक नेताहरूसम्म अनुसन्धानको दायरा विस्तार गरेको छ । आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बयानकै शैलीमा प्रश्न पठाएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको दमन, आगजनी र युवाहरूको मृत्युबारे जाँच गरिरहेको आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित प्रश्न पठाएको हो । आयोगका अनुसार दुवै नेताको निवासमा आन्दोलनका बेला आगजनी भएको थियो ।

आयोगले व्यक्तिगत सुरक्षा अधिकृतमार्फत पत्र बुझाउने प्रयास गरे पनि दुवै नेताले सुरुमा म्याद बुझ्न अस्वीकार गरेका थिए । सार्वजनिक सूचना जारी गर्ने चेतावनीपछि मात्रै उनीहरूले म्याद बुझेका हुन् ।

देउवाले आफू आगजनीबाट पीडित भएको, आन्दोलनका बेला राज्यको भूमिकामा नरहेको भन्दै बयान दिनुपर्ने आधारबारे प्रश्न उठाएका छन् । यस्तै प्रचण्डले पनि आफू प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेको अवस्थामा उल्टै आफ्नो घरमा आगजनी भएको भन्दै बयान दिन अस्वीकार गरेका थिए ।
यसैबीच, पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । ओलीलाई उपत्यका नछाड्न र विदेश भ्रमणमा रोक लगाउने निर्णय कायमै छ ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री, गृहसचिव, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित पाँच जनामाथि लगाइएको स्थानहद भने फुकुवा गरेको छ । प्रधान सेनापति, सशस्त्र प्रहरी र नेपाल प्रहरीका आईजीपीसँग आयोगले बयान लिइसकेको जनाएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode