Techie IT
  • १ फागुन २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

अदालतको फैसलाको सम्मान, भ्रमपूर्ण सूचनाको पछि नलाग्न मेयर–उपमेयरको आग्रह


ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दासम्बन्धी विषयमा फैलाइँदै आएका भ्रमपूर्ण सूचना र समाचारको पछि नलाग्न नगरवासीलाई आग्रह गरेका छन ।

अख्तियारले दर्ता गरेको मुद्दामा २०८१ साल श्रावण ३० गते विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाइसकेको र त्यसपछि नगरपालिकामा नियमित रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आएको कुरा सर्वसाधारणमा अवगत नै रहेको मेयर–उपमेयरको भनाइ छ। उक्त मुद्दामा राजस्वको दररेट बढी उठाउनुपर्ने ठाउँमा कम उठाइएको भन्ने आरोप लगाइए पनि, वास्तविक रूपमा परिमाणबाहेक केवल निकासी कर मात्र सम्बन्धित रहेको स्पष्ट पारिएको छ।

नगरपालिकामा उत्खनन कर नलिइएको र निकासी कर भने २०५४ सालदेखि तत्कालीन जिल्ला विकास समितिले लगाउँदै आएको करलाई वार्षिक १० प्रतिशतका दरले वृद्धि गर्दै आएको तथ्य आरोपपत्रको जवाफमै उल्लेख गरिसकिएको जनाइएको छ।

यस्तै जनता र न्यायालयको कठघरामा उभिन सधैँ तयार रहेको र दुवै तहको अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वास रहेको मेयर–उपमेयरले बताएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode