जनमुक्ति सेनाले नेपाली सेनालाई खुला पत्र सार्वजनिक — सैनिक प्रशासनप्रति प्रश्न
काठमाडौं । जनमुक्ति सेना नेपालले नेपाली सेनालाई सम्बोधित एक खुला पत्र सार्वजनिक गरेको छ । पत्रमा सैनिक प्रशासन, प्रहरी प्रशासन र जनपद प्रशासनसमेतलाई अवगत गराउन तत्कालीन अवस्थाबारे जानकारी चाहिएको र देशको अवस्था तथा सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाइएको उल्लेख छ ।
खुला पत्रमा जनमुक्ति सेनाले नेपालमा देखिएका घटनाक्रम र अवस्था सम्बन्धी उल्लेख्य जानकारी जनता तथा सम्बद्ध निकायसमक्ष पु¥याउनुपर्ने आवश्यक देखिएकोले पत्र जारी गरिएको उल्लेख गरेको छ । विज्ञप्तिमा सैनिक प्रशासन क्षेत्र कमजोर रहेको र देशको अस्तित्व र राष्ट्रिय स्वाभिमानमाथि उठिरहेका प्रश्नहरूको जवाफ आवश्यक रहेको जनाइएको छ ।
पत्रले विशेष गरी निम्न बुँदाहरू औंल्याएको छ ः
देश तथा राष्ट्रिय सम्पत्तिसम्बन्धी संवेदनशील विषयमा सूचना र दायित्व स्पष्ट हुनुपर्ने ।
सैनिक प्रशासन, प्रहरी प्रशासन र जनपद प्रशासनले आम जनतालाई जानकारी दिनुपर्ने अपेक्षा गरिएको ।
आवश्यकता परेमा जनमुक्ति सेनाले राष्ट्र र जनताको हितमा आवश्यक कदम चाल्न सक्ने चेतावनी स्वरुप उल्लेख ।
देशको रक्षा र शान्ति कायम राख्न जनराष्ट्रवादी दृष्टिकोणमा आफूहरू सतर्क र तयार रहेको दाबी गरिएको
नेपालको अस्तित्व कायम गर्न नेपाल भूमिको रक्षा गर्न नेपाल र नेपालीलाई शान्तिपूर्ण ढंगले बाँच्न र बचाउनको लागि हस्तक्षेप गर्नुपर्ने अवस्था नआओस भन्ने अपेक्षा व्यक्त गरिएको छ । सिंहदरबारको सुरक्षा गर्न सेनालाई कसले रोक्यो भनेर पनि प्रश्न उठाइएको छ । सेनामा पनि विदेशी हस्तक्षेप भएको जिकिर गर्दै सैनिक प्रशासन किन मौन बसरिएको छ भनेर पनि प्रश्न उठाइएको छ ।
साथै सैनिक मुख्यालयमा आएर छलफलका लागि तयार रहेको पनि खुला पत्रमा उल्लेख गरिएको छ । सैनिक प्रमुख कमरेड अग्निले जारी गरेको विज्ञप्तिमा जनमुक्ति सेनाले सबै सम्बन्धित प्रशासनिक निकायहरूलाई यथासम्भव स्पष्टता र जवाफदेहिताको आग्रह गरेको छ र जनताको सुरक्षा, राष्ट्रिय एकता तथा शान्तिलाई प्राथमिकतामा राख्ने आफ्नो उद्देश्य दोहोर्याइएको छ ।

क्याटेगोरी : देश











प्रतिक्रिया