नेपाल शिक्षक महासंघद्धारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

ललितपुर । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघले कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा धर्ना दिएको छ । सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले सानेपास्थीत कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले त्यसलाई सच्चाउनका लागि ध्यानाकर्षण गराउन पार्टीका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले विधेयकका केहि बिषय निकै राम्रो रहेको र केहि बिषय छुटेकाले त्यसलाई सम्बोधन हुने विश्वास व्यक्त गरे ।
उनले अव लगातार अन्य दलका पार्टी कार्यालयमा समेत धर्ना दिने र माग सम्बोधन नभए अर्को चरणको आन्दोलन घोषणा गरिने उल्लेख गरे ।
क्याटेगोरी : देश
प्रतिक्रिया