ग्राहकलाई झुमाउँदै कासा लाउन्ज, सविन राईसहितको सांगितिक प्रस्तुति

काठमाडौं । दरबारमार्गस्थित टाइम्स स्क्वायर मलमा सञ्चालित कासा लाउन्ज एण्ड बारले आगामी असार ७ गते (जुन २१) सातौँ वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । सात वर्षअघि स्थापना भएको कासाले आफ्नो वार्षिकोत्सवमा प्रख्यात गायक सविन राई र द फारोका साथमा ग्राहकलाई भरपुर मनोरञ्जन दिने तयारी गरिरहेको छ ।
कासाले भनेको छ–“हामी ७ वर्षको अविस्मरणीय रात मनाउँदैछौं, र तपाईंलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रातमा आमन्त्रित गरिएको छ । जुन २१ मा प्रख्यात सबिन राई र द फारोलाई प्रस्तुत गर्ने विशेष वार्षिकोत्सव समारोहमा हामीसँग सामेल हुनुहोस् – कासामा प्रत्यक्ष ।”
कासाले उक्त दिन संगीतमय रातमा सधैँका लागि सम्झनायोग्य पलहरु सृजना गर्ने दाबी गरेको छ । उत्कृष्ट सेवा, स्वादिष्ट खाना र पेय पदार्थहरू सहित अद्भुत लाइभ संगीतको व्यवस्था गर्न लागिएको कासाका संस्थापक रामप्यारा श्रेष्ठले बताए ।
वार्षिकोत्वसका दिन बारले ग्राहकका लागि विशेष छुटको व्यवस्था पनि गरेको छ । कासाले विगतमा पनि विभिन्न अवसरमा ग्राहक लक्षित विशेष कार्यक्रमहरु गर्दै आएको छ । काठमाडौंमा सञ्चालित धेरै लाउन्जमध्येको कासा धेरैको रोजाइमा पर्न सफल
क्याटेगोरी : देश
प्रतिक्रिया