शसस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयको टिमले भेटायो मस्र्याङ्दीमा हराएका व्यक्तिको शव

चितवन । शसस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टिमले मस्र्याङ्दी नदीमा बेपत्ता भएका एक व्यक्तिको शव निकालेको छ । फागुन ११ गतेदेखि हराएका तनहुँ आबुखैरेनी गाउँपालिकाका ३६ वर्षिय मदन घिमिरेको खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन् ।
चितवनको कुरिनटारमा रहेको शिक्षालयका सशस्त्र प्रहरी निरिक्षक अस्मित चौहान मगरको नेतृत्वमा खटिएको ९ जना गोताखोरसहितको टोलिले घिमिरेको शव फेला परेको हो । आबु खैरेनी गाउँपालिकाको वडा नम्बर ४ स्थित डम्पिङ क्षेत्रमा पर्ने मस्र्याङ्दी नदीको ४० मिटर गहिराइबाट शव निकालिएको हो । विपद् व्यवस्थापनको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न विशेष भूमिका खेलिरहेको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय २२ मंसिर २०६८ मा स्थापना भएको थियो ।
हाल शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धमा दर्जागत विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तथा उन्नत तालिम प्रदान गर्दै आएको छ । सशस्त्र प्रहरी बलले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा यसै वर्ष विपद् व्यवस्थापन शिक्षालय, कुरिनटार यस वर्ष तालिम शिक्षालयलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको थियो । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा पनि कुरिनटारबाट परिचालित गोताखोरले खोज तथा उद्धार गरेका थिए ।।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया