आफ्नो दलले बहुमत ल्याए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने प्रचण्डको घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामाङ्करण हुने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले यसअघि आफुहरुले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको भन्दै आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामाङ्करण हुने बताएका हुन् ।
उनले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामाकरण गर्न सकिने धारणा राखे । १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामकरण गर्नु अगाडि आफुले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्रीले प्राइम एचडी टेलिभिजनमा भगवती पाण्डेले दिएको अभिव्यक्तिका कारण पैदा भएको संवेदनशीलताप्रति सरकार गम्भीर रहेको बताए । नेपाल बहुभाषिक, बहुजातीय देश भएकाले कुनै पनि जाती भाषा संस्कृतिलाई अपमानीत गर्ने भाषा प्रयोग गर्नु गलत भएको दाहालको भनाई छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया