तोक आदेशमा नियुक्ती गरिएका गोरखापत्र संस्थानका १२ जनाको नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन
 
	
				
			ललितपुर । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा तोक आदेशको आधारमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज आदेश दिएको छ । राष्ट्रिय सर्तकता केन्द्रले विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
गोरखापत्र संस्थानमा सुवेदी कार्यकारी निर्दशक भएर आएपछि दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए । उनले गरेको नियुक्तिमा प्रक्रिया मिचिएको सतर्कता केन्द्रको ठहर छ ।
उनीहरुको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको ठहर सतर्कता केन्द्रको छ ।

क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार


 
                                                         
				 
				 
				 
				 
				




 
                    
प्रतिक्रिया