Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

कांग्रेसको ऐतिहासिक केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको यस्तो छ प्रस्ताव


काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ । नेपाली कांग्रेसको इतिहासमा केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो ।

यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेस केन्द्रीय समिति एक वर्षपछि बसेको हो । बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ । समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ ।

बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुई÷दुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन् । हरेक दुई÷दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् । उनले अगाडि भने, वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहहिर गर्ने प्रस्ताव छ ।’

बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ ।

महामन्त्री थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।

म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उनको प्रस्ताव छ ।

उनका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३÷३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode