Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

नयाँ दिल्लीमा प्रचण्ड–मोदी भेटपछि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर


नयाँ दिल्ली । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा दुवै पक्षबाट सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो । आपसी भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरे ।

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपालतर्फ प्रस्थान गरेको हो । दुवै प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर रेल सेवाको उद्घाटन गरेकाहुन् । रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन अझै सकेको थिएन । बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले आपसी हित र चासोबारे धारणा राखेका थिए ।

संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले नेपालगञ्ज सुख्खा बन्दरगाहको पनि उद्घाटन गरेकाछन । बाँकेमा भारत सरकारको सहयोगमा बन्दरगाहको निर्माण गरिएको हो । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरे पछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।

फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनामा भारतीय सरकारी कम्पनीले लगानी गर्ने भएको छ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको लगानी ल्याउने समझदारीपत्र आदान–प्रदान भएको छ ।

 


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode