खेलकुद क्षेत्रको बिकास एमालेमात्रै गर्न सक्छ : ईश्वर पोखरेल

काठमाण्डौ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको बिकास एमालेमात्रै गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दावी गरे ।
उनले किर्तिपुरको रंगशालाको स्तरोन्नती, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालीका एक खेलकुदग्रामको कार्यक्रम अन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवात लगाएतका कार्यहरु एमाले सरकारले नै गरेको धारणा राखे । त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातीक बजेट बितरणको थालनि पनि आफ्नै पार्टीको सरकारले गरेको उनले बताए ।
त्यस्तै पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दावी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने जिकिर गरे ।
पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए । पोखरेल काठमाण्डौ क्षेत्र नम्बर ५ को उम्मेदवार हुन् ।।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया