Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

दुईपटक हारेको बदला लिँदै युएईले नेपाललाई रोक्यो एसिया कप क्रिकेट खेल्नबाट


नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो । अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे ।

नेपालले केवल एक सय २० रनको लक्ष्य दियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो । नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । सन्दीप जोराले सर्वाधिक ५० रन जोडे । गुल्सन झाले २० र करन केसीले १७ रन बनाए । इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए । रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए । कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए ।

यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २र२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक एक विकेट लिए । यूएईले १७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए । विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए । प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ । तर नेपाल सेमिफाइनमै पराजित भएपछि एसियाकप खेल्ने सपना चकनाचुर भएको छ । यसअघि अघिल्लो वर्ष युएईलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोट र एसिया कपमा छनोट भएको थियो । त्यसको बदला आज युएइले नेपालसँग लिएको छ ।

अघिल्लो वर्षको वैशाख १९ गते एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनोट भएको थियो । त्यसअघि २०७९ चैत २ गते कीर्तिपुर मैदानमा युएइलाई नै पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode