एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात

ओमन । ओमानमा सुरु भएको एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ । केहीबेर अघि सम्पन्न रोमाञ्चक म्याचमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदै भेटाएको हो । नेपालको जितमा आशिफ शेखको ३२, रोहित पौडेलको २८ र कुशल भुर्तेलको २४ रनको योगदान रह्यो ।
त्यसैगरी दिपेन्द्र सिं ऐरीले २० र गुल्सन झाले १९ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको मलेसियालाई १ सय ४३ रनमै समेट्न नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।
आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भएका थिए । यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए । नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया