Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

तुलनात्मक रुपमा कमजोर हङकङसँग यसरी पराजित भयो नेपाल


हङकङ । मैत्रीपूर्ण टी–ट्वेन्टी क्रिकेटमा घरेलु टोलि हङ्कङसँग नेपाल ७३ रनले पराजित भएको छ । दि क्वङ्ग रिक्रिएसन ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ्ग गरेको हङ्कङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुईसय १२ रनको योगफल तयार पारेको थियो । मध्यम शुरुवात गरेको हङ्कङले मध्यक्रममा आफ्नो पारीलाई सुधार गर्दा विशाल योगफलसम्म पुगेको हो ।

उसका लागि बाबर हयातले विष्फोटक पारी खेल्दै ४९ बलमा १३ छक्का र ३ चौकाको मद्दतमा ११० रनको शतकिया पारी खेले । यसबाहेक अन्शु रथले ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन जोड्दा ओपनर मार्टिन कोइट्जेले २१ बलमा ५ चौका र एक छक्काको मद्दतमाा ३१ रनको योगदान दिए । नेपालका लागि बलिङ्गमा डेब्यु गरेका आकाश चन्दले तिन तथा आरिफ शेख, प्रतिश जिसी र रशिद खानले सामन एक एक विकेट लिए । विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट सस्तैमा गुमाएको थियो ।

टिमको १० रन हुँदा ओपनर कुशल भुर्तेल व्यक्तिगत २ रनमा दोस्रो ओभरमै आउट भएका थिए । त्यसपछि ओपनर विनोद भण्डारीलाई साथ दिन कप्तान रोहित पौडेल क्रिजमा आएका थिए । विनोद र रोहितले ५४ रनको साझेदारी गर्दा विनोद व्यक्तिगत ४२ रनमा आउट भए । त्यसपछि आरिफ सेख र रोहित मिलेर ५३ रनको साझेदारी गर्दा रोहित व्यक्तिगत ३० रनमा आउट भए । त्यसपछि क्रिजमा आएका सन्दिप जोरा र आरिफ शेखबीच राम्रो साझेदारी बन्न सकेन । १२ औँ ओभरमा आरिफ व्यक्तिगत ३८ रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो ।

सन्दिप पनि १२ औँ ओभरमा नै २ रन जोडेर आउट भएपछि नेपाल पछि परेको थियो । त्यसपछि विवेक यादव पनि १ रनमै आउट हुँदा १४ औँ ओभरमा १३१ रन जोड्दा नेपालको छैटौ विकेट गुमेको थियो । १५ औँ ओभरमा गुल्सन झा पनि ८ रन मात्रै जोडेर आउट भए । त्यसपछि पनि नेपाल सम्हालिन सकेन ।

१६ औँ ओभरमा रसिद खना ३ र प्रतिश जिसि शुन्य रनमा आउट भए भने लगत्तै १७ औँ ओभरमा सागर ढकाल रन आउँट हुँदा नेपालको स्कोर १ सय ३९ रन मात्रै थियो भने १० विकेट गुमिसकेको थियो । अन्ततः २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमै सिमित हुँदा ७३ रनले पराजित हुन पुग्यो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode