Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु मैदानमा नेपाल निरीह, खस्कियो क्षमता


काठमाण्डौ । नेपालसहित नेदरल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले पहिलो दुई खेल लगातार हार बेहोरोको थियो । त्यसपछिका दुई खेल जित्दै फाइनलमा पुगेको थियो भने नामिबिया बाहिरिएको थियो । तर नेपाल फाइनमा पराजित भयो । टस जितेर ब्याटिङ गरेको नेपालले सुरुवात राम्रै गरेको थियो । तर नेपालका ब्याट्सम्यानहरू कसैले पनि अर्ध शतक बनाउन सकेनन् । पूरै इनिङमा नेपालले जम्मा ६ चौका मात्र हान्दा छक्का भने १३ वटा प्रहार गर्यो । ब्याट्सम्यानहरू बललाई हावामा खेल्न नै तल्लीन देखिए ।

जसले गर्दा पछिल्ला ओभरमा लगातार विकेट गुमाएर ठूलो स्कोरमा पुग्न सकेन । १७ ओभरको खेल समाप्त हुँदा नेपालले केवल ४ विकेट गुमाएको थियो भने १५८ रन बनाइसकेको थियो । नेपाल २०० रन कटाउने अवस्थामा देखिन्थ्यो । तर, त्यसपछिका १८ बलमा नेपालले चार विकेट गुमाएर २६ रन मात्र जोड्न सक्यो । जे होस १ सय ८५ रनको लक्ष्य नेदरल्याण्डका लागि चुनौतिपूर्ण नै थियो । तर बलरले जिम्मेवारी पूरा गर्न सकेनन् । पावरप्ले र डेथ ओभरमा नेपालको बलिङ लज्जास्पद थियो । यसै वर्ष टि २० विश्वकप खेल्न लागेको नेपालको यो प्रदर्शनले दर्शकमात्रै होइन खेलाडि पनि खुशी छैनन् ।

टियु मैदानमा फाइनल खेल हेर्न पुगेका दर्शक निराश भएर फर्किए । क्रिकेटप्रेमी दर्शकको भने नेपाल पराजित हुनुमा आ–आफ्नै बुझाई थियो ।

यस वर्षको आईसीसी पुरुष टी–ट्वान्टी क्रिकेट विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपको तयारीस्वरुप खेलिएको सिरिजमा नेपालले ५ खेलमध्ये २ वटा जित्यो भने ३ वटा हार्यो । पछिल्लो समय नेपालले औसत प्रदर्शन गरिरहेको छ । टि २० सिरिजअघिको विश्वकप क्रिकेट लिग २ मा पनि नेपालले राम्रो प्रदर्शन गर्न सकेन । नेपालसहित नेदरल्याण्ड र नामिबिया सम्मिलित खेलमा नेपालले नामिबियासँग २ वटै खेल हार्यो भने नेदरल्याण्डसँगको एक खेल मात्रै जितेको थियो ।

क्यानडासँगको तीन खेलको सिरिज भने नेपालले क्लिन स्विप गरेको थियो । अघिल्लो वर्ष सन २०२३ विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एक दिवसीय मान्यता कायम राखेको थियो भने विश्वकप छनोट पनि खेलेको थियो । त्यसैगरी एसिसि इमर्जिङ कप जितेर एसिया कप पनि खेल्यो । तर पछिल्ला खेलमा नेपालको प्रदर्शन हेर्दा धेरै कुरा सुधार गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode