Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

गोदावरी नगरपालिकामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भोलिबाट


ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ । गोदावरीस्थित सेन्ट जेभियर स्कुलमा आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जानकारी गराएको छ । प्रतियोगिता पौष १३ देखि १५ गतेसम्म हुनेछ ।

प्रतियोगितालाई एक प्रमुख उत्सवकै रुपमा आयोजना गर्न र मनाउन लागिएको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए । गोदावरी नगरपालिका खेल क्षेत्र र खेलाडीलाइ अत्यन्तै माया र सम्मान गर्ने नगरपालिका भएको बताउँदै सिलवालले यहाँबाट उत्पादित खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्त्वपूर्ण स्थानमा पुग्नसक्ने बताए ।

’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसले विद्यार्थीहरुको अन्तरनीहित क्षमता प्रस्फुटन गराउने विश्वास लिइएको छ । शैक्षिक क्षेत्रसँगै खेल क्षेत्रको समेत प्रवर्धनका लागि समेत महत्वपूर्ण कोसेढुँगा साबित हुने नगरपालिकाले जनाएको छ ।

हजारौं विद्यार्थीहरुको सहभागितामा आयोजना गर्ने राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताले विद्यार्थीहरुको प्रतियोगिताको मुल्याङ्कन मात्र नगरी समग्र विद्यालयको व्यवस्थापकीय पक्ष, शिक्षक व्यवहार तथा संस्कृति, नैतिक अवस्थाको समेत प्रतिबिम्वन गर्ने प्रवक्ता सिलवालको भनाई छ । प्रतियोगितालाई सफल बनाउन प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा १३ सदस्यीय कार्यान्वयन समिति निर्माण गरी अधिकार समेत प्रत्यायोजन गरिएको छ ।

प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्ट विधाका ३३ वटा समूह खेलका लागि ४७ वटा विद्यालयबाट कुल १५८५ विद्यार्थी सहभागि हुनेछन् । प्रतियोगिताबाट १४४ स्वर्ण, १४४ रजत र १४४ कास्यपदक प्रदान गरिनेछ । प्रथम स्थान हासिल गर्नेलाई नगद रु १ लाखसहित रनिङसिल्ड र ट्रफी, द्वितीय स्थान हासिल गर्नेलाई नगद रु ५० हजार र ट्रफी तथा तृतीय स्थान हासिल गर्नेलाई नगद रु २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजक नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode