Techie IT
  • २० फागुन २०८०, आईतबार
  • काठमाडौं
Khoj Mission News

विश्व टेस्ट च्याम्पियनसिपको सिरिजमा बंगलादेश र न्यूजिल्याण्ड बराबरी


बंगलादेश । बंगलादेशविरुद्धको दोस्रो खेलमा न्युजिल्याण्ड ४ विकेटले विजयी भएको छ । बंगलादेशको मिरपुरमा सम्पन्न खेलमा बंगलादेशले पहिलो इनिङमा १ सय ७२ र दोस्रो इनिङमा १ सय ४४ रन बनाएको थियो । न्युजिल्याण्डले पहिलो इनिङमा १ सय ८० रन बनाएपछि दोस्रो इनिङमा १ सय ३६ रनको सामान्य लक्ष्य पाएको थियो । उक्त लक्ष्य ६ विकेट गुमाएर पूरा गरेपछि पहिलो टेस्टमा बेहोरेको हारको बदला लिन सफल भयो । दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्गीएको छ ।

न्युजिल्याण्डलाई जित दिलाउन ग्लेन फिलिप्सले पहिलो इनिङमा ८७ र दोस्रो इनिङमा ४० रन तथा तीन विकेटको योगदान दिए । दुई खेलमा १५ विकेट लिएका बंगलादेशका ताइजुल इस्लाम प्लेअर अफ द सिरिज भए । यो सिरिज आइसिसी विश्व टेस्ट च्याम्पियनसिपअन्तरगत खेलाइएको हो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode