Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

विश्वकपमा दक्षिण अफ्रिकालाई निरीह बनाउँदै नेदरल्याण्डको ऐतिहासिक जित


नेपालले पराजित गरेको नेदरल्याण्डले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ । मंगलबार भारतको धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो ।

पानी परेर २ घण्टा ढिला सुरु भएको खेल ४३ ओभरमा छोट्याइएको थियो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए । खेलको अन्त्यमा केशव महाराजले ५ चौका र एक छक्का हिर्काउँदै ४० रन बनाए । त्यस्तै, हेनरिच क्लासेनले २८ रन बनाए भने जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode