Techie IT
  • २३ मंसीर २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

क्यानको सचिवमा पारस खड्का विजयी, यस्तो छ चतुरबहादुर चन्द नेतृत्वको नयाँ टिम


काठमाण्डौ । पारस खड्का नेपाल क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन् । शनिबार क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । पारसले ४८ र प्रशान्त मल्लले ३७ मत पाए ।सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एकठाउमा ल्याएर यस क्षेत्रलाई संस्थागत रुपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

दुई वर्षअघि क्रिकेटको ब्यवस्थापनमा आउने उद्घोष सहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अध्यक्षमा भने चतुरबहादुर चन्द निर्विरोध भएका छन् । अर्का प्रतिष्पर्धी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् । उनले आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिँदै अबको कार्यकालमा केही गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध भएका छन् । निर्धारित समयमा उपाध्यक्षमा उनको मात्रै मनोनयनपत्र दर्ता भएको थियो । कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भएका छन् । खुल्ला ५ सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द, करन महत्रा क्षेत्री निर्वाचित भए । खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् ।

महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल, बागमती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट र मधेश प्रदेशबाट माधव कर्माचार्य निर्वाचित भए । मधेशबाट कर्माचार्य र मोहम्मद अन्सारीको समान ४२ मत आएपछि गोलाप्रथाबाट कर्माचार्य निर्वाचित भएका हुन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode