Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको बाडेगाउँमा भदौ २० देखि ३० गते सम्म श्रीमदभागवत विराट ज्ञान महायज्ञको आयोजान हुँदै,पुर्वसन्ध्यामा र्यालीको आयोजना गरियो


ललितपुर । मामाघर अनाथालय आश्रमको सहयोगार्थका लागि यही २० देखि ३० गते सम्म ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ मा हुन गईरहेको श्रीमद् भागवत विराट ज्ञान महायज्ञको पुर्वसन्ध्यामा वृहत मोटर साईकल र्यालीको आयोजना गरिएको छ ।

मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर बाडेगाउ बाट सुरु भएको र्याली गोदावरी नगरपालिकाका विभिन्न वडाहरुको परिक्रमा गर्दै बाडेगाउमा आएर समापन भएको थियो । र्यालीमा प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय जी,उमा महेश्वरी जी, गोदावरी नगरपालिका वडा न १४ का वडाध्यक्ष निरोज बज्राचार्य ,गोदावरी नगरपालिका वडा नम्बर ३ का का वडाध्यक्ष राज घिमिरे र श्रदालु भक्तजनहरुको सहभागीता रहेको थियो ।

मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरको सहयोगार्थगोदावरी क्षेत्रको बाँडेगाउँमा श्रीमद भागवत विराट ज्ञान महायज्ञ हुने बताइएको छ । गोदावरी नगरपालिका वडा ३ ललितपुरमा निर्माण हुने देश भरीका अनाथ बालबालिकाहरूको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशाला आदि निर्माण तथा निःशुल्क एम्बुलेन्स सञ्चालन सहयोगार्थ गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत विराट ज्ञान महायज्ञ सञ्चालन हुन लागेको हो ।

अभिभावकविहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरूलाई निःशुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहेको मामाघर अनाथालय आश्रमको लागि श्रीमद् भागवत विराट ज्ञान महायज्ञ भाद्र २० गते देखि भाद्र ३० गते सम्म गोदावरी १४ बाँडेगाउँमा आयोजना हुन लागेको हो । यस्तै शनीवार नै महान नारीहरुको महान पर्व हरितालिका तीजको पुर्व सन्ध्यामा आश्रमले तिज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमको समेत आयोजना गरेको थियो ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode