अखिल क्रान्तिकारीको अध्यक्षमा इन्द्र भुसालको दाबी, यस्ता छन् योजना (अन्तरवार्ता)

काठमाण्डौ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय भेला आगामी असोज २ गतेदेखि ५ गतेसम्म हुँदैछ । भेलाले अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्नेछ । संगठनको अध्यक्ष पदका लागि हालका उपाध्यक्ष इन्द्र भुसालले उम्मेदवारी दिने भएका छन् ।
शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिको अन्त्यका लागि आफू नेतृत्वमा अघि सरेको भुसाल बताउँछन् । संविधनमा उल्लेख गरेअनुसार कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुन नसकेको विषयलाई आफूले उठान गर्ने भुसालको भनाइ छ । तत्काल निःशुल्क गर्न नसकेपछि छात्रवृत्तिको व्यवस्था विस्तार गरेर विद्यार्थीलाई राहत दिनेतर्फ ध्यान दिने उनको भनाइ छ ।
मनोमानी शुल्कका कारण कतिपय विद्यार्थीले चाहेको विषय पढ्न सकेका छैनन् । यस्ता समस्याको अन्त्य गर्नु राज्यको दायित्व हो । र म यसमा केन्द्रित हुनेछु । उनले भने । विश्वविद्यालयलाई शैक्षिक प्रमाणपत्र दिने थलोमा मात्र सिमित नराखी रोजगार सृजना गर्ने अध्ययन केन्द्र विकास गर्ने कुरामा आफुले जोड दिने भुसालको योजना छ ।
पछिल्लो समय विद्यार्थी आन्दोलन कमजोर भएको र समयानुकूल हुन नसकेको स्विकार गर्दै भुसालले अब विद्यार्थी आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताए ।
प्राइम टेलिभिजनको कार्यक्रम प्राइम संवादमा अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुसालसँग गरिएको कुराकानी :
क्याटेगोरी : अन्तर्वार्ता
प्रतिक्रिया