Techie IT
  • २ वैशाख २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

कर्णालीमा पौष्टिक चामल विक्री शुरू


सुर्खेत । कर्णाली प्रदेशमा पौष्टिक चामल उत्पादन तथा विक्री वितरण शुभारम्भ गरिएको छ । कर्णालीका जिल्लाहरूमा यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्व हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) बिक्रि गर्न थालेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उत्पादन तथा विक्रि वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले कर्णालीमा उत्पादन हुने पोषिलो खाद्यान्नलाई सहि किसिमले उपयोग गनु समुदायस्तरमा जागरण ल्याउनुपर्ने बताए । उनले भने “कर्णालीमा उत्पादन हुने खाद्यान्नको सहि किसिमले उपयोग गरेर पौष्टिक तत्व कायम गर्न शिक्षा चाहिएको छ । यसमा सवैले आ आफ्नो ठाउँवाट जोड दिऔ । माछा मारेर भन्दा माछामार्ने जुक्ति सिकाउनुपर्ने अहिलेको आवश्यकता छ ।”

कर्णाली प्रदेशमा पौष्टिक तत्व भएका अन्नवाली भएपनि यसको उचित प्रयोग र ब्यवस्थापन गर्न नजान्दा समस्या भएको हो मुख्यमन्त्री शर्माले भने “कर्णालीमा पाईने रैथानी बाली पौष्टिक तत्वले भरिपुर्ण हुदा पनि उपयोग गर्न नजान्दा समस्या भएको छ ।”

कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्गानिक उत्पादन वृद्धि गर्ने र त्यसलाई खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी सहकार्य गरी उत्पादित वस्तुको वजारीकरण गर्ने गरी कार्य अघि वढेको छ शर्माले भने ” प्राकृतिक रुपमा उपलब्ध भएका खान्द्यान्न र उत्पादन गरिने वस्तुको वारेमा जानकारीमा राखेर अघि वढ्नुपर्दछ । अज्ञानताका कारण उपलब्ध साधन स्रोतको उपयोगमा सस्या छ । जसले मानिसलाई चाहिने पौष्टिक तत्वको अभाव भएको पाईएको छ ।”

गत पुस २५ बर्दियाको राजापुर मिलबाट चामल उत्पादन सुरु गरिएको र कर्णालीमा बिक्रीका लागि वितरण शुरू गरिएको हो ।

पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) मा भिटानिम ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य तत्व मिसाइएको छ ।

मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेकाले नागरिकको भान्सामा केही फेरबदल ल्याउन पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) कम्पनीले बिक्री शुरू गरेको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले जानकारी दिनुभयो । उहाका अनुसार विभिन्न सूक्ष्म पोषण तत्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ। ठुला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्त्व मिसाएर चामल उत्पादन थालिएको र कम्पनीले उपलब्ध गराइरहेका कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरूमा सुर्खेतबाट पठाउन शुरू गरिएको छ ।

पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६०० मेट्रिक टन चामल सुर्खेत पठाइसकिएको छ ।

पूर्वसम्झौता तथा योजनाअनुसार भदौसम्म कर्णाली प्रदेशमा यस्तो चामल वितरण गरिसक्ने केन्द्रको तयारी छ। विशेष प्रविधिबाट सूक्ष्म पोषण तत्व चामलमा मिसाउने प्रक्रिया हुन्छ ।

प्रविधि र भिटामिन एकैपटक व्यवस्थापन गर्न नसकिएकाले सुरुमा कर्णाली प्रदेश र क्रमशः अरू प्रदेशहरूमा वितरण गर्ने कार्यक्रम बनाइएको छ ।विभिन्न अध्ययनले नेपालीहरूको स्वास्थ्यमा सूक्ष्म पोषण तत्वको कमी भएको पाइएपछि सरकारले चामलमा त्यस्ता तत्व मिसाएर बिक्री गर्ने कार्यक्रम अघि सारेको हो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टअनुुसार कर्णाली, मधेस, लुम्बिनी र सुुदूरपश्चिममा यी सूक्ष्म पोषण तत्व बढी कमी भएको पाइएको छ । रिपोर्टअनुसार नेपालमा प्रजनन उमेर समूहका ३४ प्रतिशत महिला, ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र ३९ प्रतिशत किशोेरीहरूमा रक्तअल्पताको समस्या पाइएको छ । सर्वेक्षणअनुसार ५४ प्रतिशत महिलाले अस्वस्थकर खाना खाएको पाइएको छ ।

पोषण तत्त्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको छ। पोषण शाखाका प्रमुख थापाका अनुसार यी तत्वको कमीले पुड्कोपना, रक्तअल्पता हुने, शरीरमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमी हुने हुनाले त्यस्ता समस्या क्रमशः हटाउँदै लाने उद्धेश्यअनुरूप सरकारले चामलमा यी तत्वहरू समावेश गरेर मात्र बजारमा पठाउने प्रबन्ध मिलाएको हो ।

नेपालसहित बंगलादेश, भुटान, अमेरिका, कोस्टारिका, भारतलगायत देशहरूमा यी सूक्ष्म पोषण तत्व मिश्रित चामल उत्पादन र वितरण प्रक्रिया पहिला नै सुरु भइसकेको छ ।

‘धेरै नेपालीको भान्छामा एक छाक अनिवार्य भात नै हुने भएकाले चामलमै मिसाउन उचित ठान्यौ,’ प्रमुख थापाले भने । सरकारले सन् २०१९ मा सरकारले चामलमा पौष्टिक तत्व समावेश गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : अर्थ/सहकारी, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode