मेलम्चीको पानी माग्दै काठमाण्डौको सडकमा प्रदर्शन

काठमाण्डौ । काठमाडौंवासीहरूले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । आज काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर, मेलम्चीको पानी तुरुन्त खोल’ लगायत नारा लगाएका थिए । उनीहरूले रित्ता गाग्री, लोटा, बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध ¥याली निकालेको थिए ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो। निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई लाठी प्रहार गरेको थियो। लाठी प्रहारपछि प्रदर्शनकारी तितरबितर भएका थिए।
बहुप्रतीक्षित मेलम्ची खानेपानी पटक–पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रूपमा उपयोग गर्न पाएका छैनन् । पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो । २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो । क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो । सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो ।
बर्खा सकिए पनि सरकारले समयमा पानी भने ल्याउन सकेन । बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो । क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो । फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द ग¥यो । उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो । विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो र यस वर्षको बाढीले पनि आयोजनामा क्षति पु¥यायो । वर्षात् सकिए पनि अझै समितिले भने मेलम्ची पानी ल्याउन सकेको छैन । जसकारण खानेपानीको अभाव चुलिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश
प्रतिक्रिया