तनहुँमा बाँदर आतंक उत्कर्षमा, नियन्त्रणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापनपत्र
तनहुँ । तनहुँका किसानहरूले बांदर आतंक बन्द गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । बाँदरले खेतीबाली खाएर क्षति पुर्याएने क्रम बढेपछि समस्यामा परेका किसानले तनहुँका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले जस्तोसुकै नीति बनाएर भए पनि बाँदर आतंक अन्त्य गराउनुपर्ने माग अघि सारिएको छ । बाँदर आतंक नियन्त्रण संघर्ष समिति तनहुँले बाँदरले क्षति पुर्याएको बालीको उचित मुल्य हुने गरी क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
समितिका अध्यक्ष सुदर्शन प्रधान, उपाध्यक्ष कृष्णप्रसाद सापकोटालगायतको टोलीले सदरमुकाम दमौली पुगेर ज्ञापनपत्र बुझाएका हुन् । यसअघि शनिवार पनि तनहुँका किसानहरूले बांदर आतंक बन्द गर्न माग गर्दै सदरमुकाम दमौलीमा प्रर्दशन गरेका थिए । प्राकृतिक पर्यावरण मञ्चको तथ्याङ अनुसार तनहुँमा मात्रै ६० हजार बढी बाँदर रहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश
प्रतिक्रिया