Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

एक सन्चारकर्मी स्वतन्त्र चल्न सकोस्


लेख्नेहरुको लेखले प्रभाव पार्न सकोस् ।
सुन्नेहरुको कानले अभाव टार्न सकोस ।
सत्य र तथ्य होस् हरेक सुचनाका माध्यमहरु
अफवाहमा फैलिएका मनोभाव मार्न सकोस् ।

घाइते सञ्चारकर्मिहरुको कहिलै लास नहोस् ।
निश्पक्ष समाचारका लागि केही आश नहोस् ।
घटनाहरु खोजिउन , बाहिरिउन र टुंगिउन ,
गोप्य सुचना सार्वजनिक नभई नाश नहोस् ।

कोहि समाचारकै कारण तल झर्न नपरोस् ।
निर्दोष अन्जानमा कहिलै मर्न नपरोस् ।
भेट्टिउन समाचारमा आवाजविहिनहरुको आवाज ,
समाचार लेख्ने कलमहरु कतै सर्न नपरोस् ।

हिजो हराएकाहरु आज भेट्टिन सकुन ।
हिजो डराएकाहरु अब मेट्टिन सकुन ।
लेख्ने कलमहरुलाई स्वतन्त्र छाडिदिनुस ।
प्रकाशित समाचारले दोषी रेट्टिन सकुन् ।

कुनै नछुटोस कुनै नटुटोस समाचारमा ,
केहि फुट्दा कोहि जुटोस समाचारमा ,
हार्नेहरुमा पनि जितको खुशी दियोस समाचारले ,
चोरको चोरिहरुले पनि मन लुटोस समाचारमा ,

कति हल्लिन्छन हल्लाहरु हल्लिन दिनुस ,
पिडाहरुलाई कसैले हल्लाउन नसकोस ।
वार्गेनिङ नहोस् यहाँ समाचारका लागि ,
एक सञ्चारकर्मी स्वतन्त्र चल्न सकोस् ।


क्याटेगोरी : जनगुनासो, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode