Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।

उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने दाबी गरे । उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यकोतर्फबाट पाउन नसकेको बताए ।

‘अझै शान्ति प्रक्रियाका केही काम बाँकी नै छन् । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन सकिरहेका छैनन्,’ उनले भने ।

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा फेरि मनाउन पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए । उनले भने, ‘राज्यले शहीदहरूलाई राष्ट्रिय सम्मान दिएर जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा पनि मैले गरेको थिएँ गतसाल । सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएको छ । तर, अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको हुँदा यो दिवस मनाउदाखेरी।। भनेर रोकेको छ । हामीले त्यो भनाइलाई केही कमेन्ट गरेको छैन । म त झन् प्रधानमन्त्री भएकाले त्यसमा कमेन्ट गर्न पनि अप्ठ्यारो हुन्छ । तर, हामीले त मनायौं । सरकारको तर्फबाट एकपटक निर्णय भइसकेको छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध धावा बोल्नेविरुद्ध प्रतिवाद गर्न निर्देशन दिएका छन् ।


क्याटेगोरी : जनगुनासो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode