Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रपतिको सवारीका कारण सांसदले मुख लुकाउनुपर्ने अवस्था आयो : रघुजी पन्त


काठमाण्डौ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीका क्रममा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा पन्तले राष्ट्रपतिको सवारीका क्रममा सडक जामको विषयलाई लिएर राष्ट्रपति, सरकार र सांसदप्रति गालीगलौज भएको भन्दै यसमा दोष राष्ट्रपतिको नभइ सरकार र सुरक्षा संयन्त्रको भएको बताएका हुन् । सडक जामका क्रममा नागरिकको गाली सुन्न नसकेर लोगो छोप्नु परेको र मास्क लगाउनुपरेको पन्तको गुनासो छ ।

सडकमा सवारी व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । पन्तले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनलाई उपयुक्त तवरले व्यवस्थापन गर्न प्रधानमन्त्री गम्भीर हुनुपर्ने पनि बताए ।


क्याटेगोरी : जनगुनासो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode