Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

समानुपातिक सांसदको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद, केन्द्रीय कार्यालयमा खबरदारी


काठमाण्डौ । समानुपातिक सांसदको विषयमा लिएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा सुरु भएको छ । पार्टी भित्रकै केही असन्तुष्ट नेता कार्यकर्ताले सांसद चयनमा चलखेल हुन सक्ने भन्दै केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् । प्राथमित निर्वाचनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनीहरूको भनाई छ ।

थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई नेतृत्वलाई खबरदारी गरिएको सुनसरी सभापति तथा सुनसरी क्षेत्र नम्बर २ का प्रत्यासी लालविक्रम थापाले बताए ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले भने समानुपातिक सांसद चयनमा कुनै पनि चलखेल तथा तलमाथि नहुने बताएका छन् । उनले आम जनताको विश्वास बोकेको पार्टी बिग्रेला कि भन्ने नेता कार्यकर्तामा माथि हुनु स्वभाविक रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सीट जितेको रास्वपाले समानुपातिकमा १३ सीट पाएको छ । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन पत्राचार गरिसकेको छ ।


क्याटेगोरी : जनगुनासो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode