Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

धादिङस्थित त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु, तीन जना घाइतेको अवस्था गम्भीर


धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी–२ स्थित चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

घटनास्थलबाट २३ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको र १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको स्थानीय गजुरी अस्पतालमा उपचार पछी थप उपचारकालागी काठमाण्डौ ल्याईएको छ । घाइतेमध्ये तीनको अवस्थागम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्रि रिजालले बताएका छन् ।

त्रिशुलीनदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा परी घाइते भएका १६ जनामध्ये ट्रमा सेन्टरमा ९ जनालाई उपचारको लागि ल्याइएको हो । सो मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सक बद्रि रिजालले जानकारी दिए ।

 


क्याटेगोरी : जनगुनासो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode