चन्द्र भण्डारी तीन महिनापछि संसदमा, सबैलाई धन्यवाद दिँदै भावुक भएपछि…(भिडियो)
काठमाण्डौ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो ।
भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरूको क्षमता कम नभएको अनुभव सुनाएका छन् । उनले आफ्नो उपचार खर्चका लागि विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएकाले सरकारले दिने भनेको सहयोग रकमबाट अस्पताल बनाउन सुझाब दिए ।
भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । हातमा ब्याण्डेज लगाएकै अवस्थामा संसदमा पुगेका उनले जलनका घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर पनि बाँचेको र त्यसमध्ये आफू एक भएको भन्दै उनले उद्दार गर्ने, उपचार गर्ने स्वास्थ्यकर्मी, सहयोग गर्ने सरकार सबैलाई धन्यवाद दिए ।
क्याटेगोरी : भिडियो
प्रतिक्रिया