Techie IT
  • १९ माघ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

काठमाडौं १ मा प्रबलको पल्लाभारी, रवीन्द्रलाई धक्का


काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रबल थापाको जितको सम्भावना बढेको छ । काँग्रेसको आन्तरिक एकता सुदृढ हुनुकासाथै यहाँका बुद्धिजीवी, नागरिक अगुवा र राप्रपाको असन्तुष्ट समूहले समेत थापालाई सहयोग गर्ने भएपछि उनको जित लगभग निश्चित भएको छ। राप्रपामा रवीन्द्र मिश्रलाई उम्मेदवार बनाएपछि असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य चोकराज घिमिरेले पनि प्रबललाई समर्थन गरेकाछन् ।

घिमिरेले सामाजिक सञ्जालमा युवा अघि सर्छ देश अघि बढ्छ भन्दै स्थानीय उम्मेदवारलाई समर्थन गर्न सबैलाई अपिल गरेकाछन् । उनले लेखेका छन् – ” कुनै पनि चिल्ला, चिप्ला कुरा गर्ने काम केही नगर्ने टुरिष्ट नेता जाे चुनावताका मात्र आउने अवसरवादी नेतालाई हैन स्थानीय व्यक्ति जुन माटाेमा हुर्केबढेकाे र बुझेकाे उमेदवार लाई नै आफ्नाे अमुल्य मतदान गरि जिताऔं” राप्रपाका ४७० भन्दा बढी स्थानीय नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएर थापालाई समर्थन गर्ने तयारी गरेकाछन्। राप्रपाभित्रै विद्रोह हुन थालेपछि रवीन्द्र मिश्रलाई भने गम्भीर धक्का लाग्ने भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode