निर्वाचनका लागि ४ करोड मतपत्र छाप्ने तयारी, समानुपातिक र प्रत्यक्ष दुवै प्रक्रिया अघि बढ्यो
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि करिब ४ करोड मतपत्र छाप्ने तयारी सुरु गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतपत्र छापिएपछि फागुन १० गतेसम्म सबै जिल्लामा पठाइने लक्ष्य राखिएको छ । मतपत्रको साइज अझै अन्तिम रूपमै नपुगेको कारण छपाइ खर्च हाल निश्चित गर्न सकिएको छैन ।
फागुन २१ को निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन र अद्यावधिक गरिएको छ । आयोगले समानुपातिकतर्फ मतपत्रमा कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने नीति अपनाएको छ ।
समानुपातिक मतपत्र छाप्न २०–३० दिन लाग्ने अनुमान गरिएको छ । त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापाइ सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक हुनेछ । समानुपातिक मतपत्र सेतो कागजमा कालो मसीले छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्रको रङ र ढाँचा भने अझै तय हुन बाँकी छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार








प्रतिक्रिया