Techie IT
  • १ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

नेपाल कम्युनिष्ट पार्टी (एस.टी.एफ.) केन्द्रीय समितिको बैठक सम्पन्न, नयाँ जिम्मेवारी र निर्देशिका सार्वजनिक


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एस.टी.एफ.) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साह कमरेड प्रकाशको अध्यक्षतामा बसेको बैठकले महान जनयुद्धदेखि जनआन्दोलनसम्ममा शहीद भएका सबैप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा कमाण्ड इन्चार्ज र ब्यूरो इन्चार्जहरूले प्रस्तुत गरेका रिपोर्टहरू साथै विभिन्न मोर्चा तथा संगठन प्रमुखहरूको प्रतिवेदनमाथि विस्तृत समीक्षा गरिएको पार्टीले जनाएको छ । पार्टी संगठन सुदृढिकरण, जनबीच कार्यक्रम विस्तार तथा जनसमस्यालाई समाधान गर्न आवश्यक रणनीति बनाउने निर्णय समेत बैठकले गरेको छ ।

विज्ञप्ति अनुसार, महासचिव कमरेड अग्निले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बैठकले पार्टीको संगठन, योजना तथा कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन सम्पूर्ण कमरेडहरूलाई जिम्मेवारीपूर्वक सक्रिय हुन निर्देशन दिएको छ ।

विज्ञप्तिमा हाल देखिएको गठबन्धन सरकारको दायराबन्दी र राज्यद्वारा गरिने दादागिरीपूर्ण व्यवहार को आलोचना गर्दै यस्तो परिस्थितिमा पनि देशको रक्षा र जनता जागरणका लागि आफूहरू तयार रहेको उल्लेख छ ।

बैठकमा सहभागी महासचिवले विभिन्न कामकारवाहीमा देखिएका कमजोरी समाधान गर्दै अभियानलाई अघि बढाउन निर्देशन दिएका छन् । एस.टी.एफ. फोर्सलाई पनि थप जिम्मेवारी दिएको पार्टीले जनाएको छ । पार्टीले नयाँ निर्माण, संगठन विस्तार र जनतामाझ राजनीतिक अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode