जेनजी शहीद लक्ष्मण राईको अन्त्येष्टीमा सुदनको उपस्थिती, अरु कहाँ गायब ?

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका लक्ष्मण राईको आज निधन भयो । ट्रमा सेन्टरमा उपचारका क्रममा ३६ बर्षिय लक्ष्मण राईको निधन भएको हो । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । उनलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा राखी उपचार भइरहेकोमा आज बिहान पौने २ बजे मृत्यु भएको हो ।
आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । तर जेनजी नेताहरुको उपस्थिती देखिएन । सुदन गुरुङको टिम मात्रै अन्त्येष्टिमा पुगे । तर मिराज ढुंगानाहरु कहाँ गए ? भनेर धेरैले प्रश्न गरिरहेका छन् । आन्दोलनको अगुवाई गर्नेहरुलाई मृतकलाई श्रद्धान्जली पनि नदिने ? भन्ने प्रश्न उठिरहेको छ ।
जेनजीका नेता हुँ भन्नेहरु यतिबेला स्वार्थ पूरा गर्नका लागि सक्रिय छन् । जेनजी नेता भन्नेहरुले नै गुट चलाइरहेको आरोप पनि लागिरहेको छ । भाषण गर्ने, अन्तरवार्ता दिने अनि आन्दोलनको जस लिन मात्रै खोजेको देखिएको छ । जेनजीका नेता र अगुाव भन्ने प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, भाष्कर घिमिरेहरु शहीको अन्त्येष्टीमा पनि गएनन् ।
आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७६ पुगिसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया