Techie IT
  • १ असोज २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रिय शोक दिवस : जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन


काठमाडौं । जेनजी युवाहरुको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप आज राष्ट्रिय शोक दिवस घोषणा गरेर शहीदहरुलाई श्रद्धाजली अर्पण गरिएको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्मानस्वरूप राष्ट्रिय शोक दिवस घोषणा गरेर आजका लागि सार्वजनिक बिदा दिएको हो । देश तथा विदेशमा शोकको रुपमा शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरिएको छ । दिप प्रज्वलनसहित श्रद्धान्जली सभामा उपस्थित नागरिकले शहीदको सपना पूरा हुने गरी काम गर्न अन्तरिम सरकारलाई सुझाब दिएका छन् ।

प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जेनजी युवाको भावनाअनुसार सरकारले निर्वाचन गराउने, भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । काठमाडौका विभिन्न स्थानमा आयोजित श्रद्धान्जली कार्यक्रममा सहभागि सबैले शहीदको सपना पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

आज सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरेको थियो । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा ७४ जनाको मृत्यु भएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode