लिस्बनको क्यासादा दा ग्लोरिया दुर्घटना : घटना भएदेखि हालसम्मको अपडेट

वुधवार साँझ करिब ६ बजे लिस्बनको ऐतिहासिक एलेभाडोर दा ग्लोरिया (Elevador da Glória) मा ठूलो दुर्घटना भयो। रेस्टोरेदोरस र प्रिन्सिपे रियल जोड्ने यस फनिकुलरको एक केबल अचानक छुटेपछि गाडी अनियन्त्रित रूपमा तल झर्दै भवनमा ठोक्कियो। दुर्घटनापछि आसपासको क्षेत्र अफरातफरीमा परिणत भयो।प्रारम्भिक जानकारी अनुसार कम्तिमा ३ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो।
तर पछिल्ला विस्तृत रिपोर्टअनुसार मृतक संख्या बढेर १५ पुगेको छ। साथै, करिब १८–२० जना घाइते भएका छन्, जसमा ५ जनाको अवस्था अत्यन्तै गम्भीर छ। घाइतेहरूमध्ये केहीलाई साओ जोसे र सान्ता मारिया अस्पतालमा उपचारका लागि लगिएको छ।उद्धार कार्य तत्काल सुरु गरिएको थियो। २२ वटा आपतकालीन सवारी साधन र करिब ६२ जना उद्धारकर्मी खटिएका थिए। दमकल, प्रहरी, स्वास्थ्य सेवा (INEM) का टोलीले घाइतेलाई बाहिर निकालेर अस्पताल पुर्याएका छन्।
पुरानो संरचना भएकाले उद्धारमा कठिनाइ भए पनि सतर्कतापूर्वक काम भइरहेको बताइएको छ।दुर्घटनापछि राष्ट्रपति Marcelo Rebelo de Sousa, प्रधानमन्त्री Luís Montenegro, र मेयर Carlos Moedas घटनास्थलमै पुगेका छन्। उनीहरूले मृतक परिवारप्रति संवेदना प्रकट गर्दै छानबिनको आदेश दिएका छन्। युरोपेली आयोग अध्यक्ष Ursula von der Leyen ले पनि गहिरो दुख व्यक्त गरेकी छिन्।लिस्बन नगरपालिकाले ३ दिनको आधिकारिक शोक घोषणा गरेको छ। यो दुर्घटना लिस्बनको ऐतिहासिक सार्वजनिक यातायात संरचनामा दशकौँ पछिको सबैभन्दा ठूलो दुर्घटनाका रूपमा स्मरण गरिने देखिन्छ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया