Techie IT
  • ८ भदौ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

प्रतिनिधिसभामा महत्वपूर्ण दुई वटा विधेयकको प्रतिवेदन पेश, असहमति कायमै


काठमाडौ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् । समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको सभापति थापाले जानकारी दिए ।

सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका बिषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको दाबी पनि गरे । उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट बञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको भन्दै सांसदहरुलाई आश्वासन दिए ।

यसअघि विहिबार समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए ।

शुक्रबार नै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी कृषि समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा पेश गरिएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।

विधेयकमा प्रचलित कानूनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्रि गर्न सक्ने व्यवस्था उल्लेख गरिएको थापाले जानकारी दिइन् । त्यस्तै भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोवासीलाई व्यवस्थीत गर्न समेत कानूनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको छ ।

यसअघि बिहिबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । विधेयकमा माओवादी र रास्वपा सांसदहरुले असहमति जनाएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode