गोदावरीमा पानी ब्यवसायीको दादागिरी – करोड बढी कर तिरेनन् नगरपालिका किन बन्यो रमिते ?
करमाराहरु लाई किन नजरअन्दाज गर्दै छ गोदावरी नगरपालिका

ललितपुर । जार र बोतलको पानी असुद्ध भएको जनगुनासो पछि गोदावरी नगरपालिकाले सोमबार बडीखेलमा रहेका पानी उद्योगहरुको अनुगमन गरेको छ । नगरपालिकाका उपप्रमुख एंवम अनुगमन कमिटिका संयोजक मुना अधिकारीको नेतृत्वमा गएको टोलीले ६ वटा उद्योगमा सिलबन्दी गरको हो ।
केही समय अघि १० वटा उद्योगको पानीको नमुना परिक्षण गर्दाे ६ वटा उद्योगको पानीमा दिसामा पाइने कोलिफर्मको जीवाणु भेटिएपछि सोमबार अनुगमन टोली सिलबन्दी गर्न पुगेको थियो । अनुगमका क्रममा उपमयेर अधिकारीले पानी जस्तो विषयमा ब्यवसायीले हदैसम्मको लार्पवाही गरेको बताउदै बारम्बार सचेत गराउदा समेत अटेर गर्दै आएको बताइन ।
यस्तै अनुगमन लाई थप तिव्र पारिने उनको भनाई थियो । यता पालिकाले अनुगमन गरेर सिल गरेको चौबिस घन्टा पनि बित्न नपाउदै सिल गरिएको डाँफे शुद्ध जल खानेपानी कम्पनीले गोदावरी नगरपालिकाको निर्देशन उल्लंघन गर्दै अवैध रूपमा उत्पादन सुरु गरेपछि कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीका सन्चालक हालसम्म प्रहरीको सम्पर्कमा समेत आएका छैनन । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जने नगरवासिको स्वाथ्यप्रति नगर गम्भीर रहेको बताउदै कसैसगँ सम्भौता नगर्ने जिकिर गरेका छन । यता नगरपालिका भित्र रहेका पानी उद्योगहरुले करोड भन्दा बढी रकम नगरपालिका लाई तिर्न बाँकी रहेको तथ्य बाहिरएको छ ।
नगरपालिका भित्र रहेका पानी उद्योगहरुले ब्यवसाय नवीकरण बिनै धमाधम सन्चालन गरिरहेको र तिर्नुपर्न करको रकम समेत पालिकामा नतिरेको भन्दै महालेखाले पालिकालाई तत्कालै रकम उठाउन निर्दशन दिएपनि अहिले सम्म ब्यवसायीले करौडौ कर नै नतिरी धमाधम ब्यवसाय सन्चालन गरिरहेका छन । अनुगमनले वाहीवाही पाईरहदाँ वर्षौ देखि तिर्न बाँकी कर चाहि कसले उठाउने हो प्रमुख उपप्रमुख ज्यु भन्दै नगरवासीले प्रश्न गरेका छन
यी कुन कर नर्तिर्ने मिनरल वाटर उद्योग ? कसले कति रकम तिर्न बाँकी
१ अक्वा गोदावरी वेभरेज प्रालि ६ लाख
२ ग्लेसियर मिनरल प्रालि ८ लाख
३ प्रसिद वाटर सोलुसन्स ५ लाख
४ वज्र खानेपानी उद्योग ५ लाख ९० हजार
५ गोदावरी मिनरल वाटर प्रालि ३ लाख ५० हजार
६ हिमालयन वेभरेज २ लाख
७ बडिखेल खानेपानी उद्योग ३ लाख ५० हजार
८ डाँफे शुद जल ३ लाख ५० हजार
९ त्रिपुरा वेभरेज प्रालि ३ लाख ५० हजार
१० धनेश्वर पिउर वाटर उद्योग २ लाख
यी हुन कर नर्तिर्ने पानी उद्योग ? कसले कति रकम तिर्न बाँकी
१ हरहर महादेव पानी सप्लार्यस ६ लाख ५० हजार
२ सिध्द्धिविनायक वाटर सप्लार्यस ६ लाख ५० हजार
३ काके पानी ढुवानी सेवा ४ लाख ४५ हजार
४ जय शम्भो पानी उद्योग ६ लाख ५० हजार
५ निश्चल वाटर केभ ८ लाख
६ टौखेल वाटर सप्लाई ५ लाख
७ त्रिखण्डी पानी सप्लार्यस ४ लाख ९० हजार
८ सौगात पानी ढुवानी सेवा ८ लाख
९ रियल स्प्रिगं वाटर सप्लार्यस ८ लाख
१० डाँफे शुद्ध जल ८ लाख
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, देश, प्रमुख समाचार
प्रतिक्रिया