गैर आवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले विजयी

गैर आवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले विजयी भएकी छिन् । शनिवार सम्पन्न निर्वाचनमा काफ्लेले ६५० भोत प्राप्त गरेर विजयी भएकी हुन् । अर्का प्रतिस्पर्धी सुजन लामा मोक्तानले २२४ भोट प्राप्त गरे ।
कोषाध्यक्षमा अशोक जोशी ५२६ भोट ल्याएर विजयी हुँदा पराजित भएका सविन पौडेलले ३४८ भोट प्राप्त गरे ।
अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा गोविन्द बुढाथोकी, महिला उपाध्यक्षमा पेमा डोमा शेर्पालगायत निर्विरोध निर्वाचित भएका हुन् ।
मतदानका क्रममा विवाद भएको थियो । भोटिङ पोर्टलमा मतदान गर्नासाथ नतिजा देख्न सकिने व्यवस्थाप्रति अध्यक्षमा पराजित मोक्तान पक्षले असन्तुष्टी जनाएका थिए । तर मतदान नसकिदै नतिजा हेर्न मिल्ने व्यवस्था प्राविधिक पक्ष मात्रै भएकाले विवाद गर्न नहुनेमा सबै एकमत भएका थिए ।
निर्वाचन समितिले भोटिङको अन्तिम समय अपराह्न ५ बजे निर्धारण गरेको थियो । उक्त समयपछि भोटिङ पोर्टलमा नतिजा निर्वाचन आयोगले मात्र हेर्न मिल्ने व्यवस्था गर्नुपर्ने थियो । तर पोर्टलमा भोटिङको समय सकिएपछि भोटरले पनि हेर्न मिल्ने व्यवस्था गरिएको थियो । तथापि, भोटिङ पोर्टल निर्माण प्रक्रियामा निर्वाचन समितिबाट प्राविधिक त्रुटि मात्रै भएको भन्नेमा मोक्तान पक्ष सहमत भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया