Techie IT
  • ५ साउन २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरमा बुद्धचित्त चोरी गर्ने समूहले घर धनीमाथि प्रहार गर्‍यो खुकुरी, ३ जना पक्राउ


ललितपुर । अत्यन्तै महँगो मानिने बुद्धचित्तको दाना चोरी गर्ने एउटा समूहले ललितपुरमा सीसीटीभी क्यामेराको तार चुँडाएर एक जनाको हात काटेर फरार भएका छन्। आइतबार बिहानको राती २ बजेतिर गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोली भन्ने ठाउँमा रहेको बुद्धचित्त टिप्न एउटा समूह पुगेको थियो।

उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्न थालेका थिए। कुकुर भुक्यो अनि घरधनी कृष्णबहादुर मार्फाले घरबाहिर निस्किएर कराउन थाले।

त्यो समूहले मार्फामाथि धारिलो खुकुरी प्रहार गरी हात काट्यो। अनि चोरी गरेर फरार भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

घाइते मार्फाको उपचारको लागि आनन्दवन अस्पतालमा लगिएको थियो। उनको हातमा पाँच वटा टाँका लगाइएको छ। उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

घटनापछि खोजी गर्नेक्रममा आइतबार बिहान ५ बजेतिर प्रहरी वृत्त चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ। सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ पक्राउ गरिएका हुन्।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode