Techie IT
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

दुर्गा प्रसाईं सहित ७ जना पुर्पक्षका लागि जेल चलान


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् ।
प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।

प्रसाईँ सहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ । सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामांगलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको हो । त्यो भन्दा बाँकी ३२ जनालाई १० हजारदेखि १ लाखसम्म धरौटीमा रिहा गर्न आदेश भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode