नेकपा एसटीएफले बनायो छापामार लडाकु, १४ वटा ब्यूरो सक्रिय

काठमाडौं । अधुरो क्रान्ति सम्पन्न गर्ने अभियानमा लागेको नेपाल कम्युनिस्ट पार्टी एस. टि. एफ. (स्पेशल टास्क फोर्स) ले २९ जनाको टिम बनाएर छापामारसहितको लडाकु दस्ता घोषणा गरेको छ । पार्टी गठनपछि बसेको पहिलो बैठकले लडाकु दस्ता घोषणा गरेर नयाँ कार्ययोजना र रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको हो । २९ जनाको टिममा ५ जना सचिवालय सदस्य, २ जना पदाधिकारी र १ जना कार्यालय सचिवलाई समावेश गरिएको छ ।
बैठकले भूमिगत संरचनामा पाँच विकास क्षेत्रलाई तीन कमाण्डमा विभाजन गरेर १४ वटा ब्यूरो बनाएको छ । त्यसैगरी २१ जनाको केन्द्रीय समिति बनाइएको छ भने बाँकी थपिने छ । बैठकले आ–आफ्नो ठाउको जिम्मेवारी र भुगोल बिन्यास गर्दै भुमिगत संरचना बनाएको हो ।
पार्टिले भूमिगत रहेर जनतामाझ जाने र संगठन निर्माणसँगै जनश्रममा जुट्ने रणनीति लिएको विहिबार जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा महासचिव कमरेल अग्नि र प्रवक्ता कमरेड प्रमोद शाहले आगामी रणनीतिबारे प्रष्ट पारेका थिए । उनीहरुले जनताको जनसत्ता र जनअधिकारका लागि निरन्तर क्रान्तिमा होमिने बताएका छन् । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगार र भुमिहिन सुकुम्बासिका लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
अहिलेको शाषक वर्ग जनतालाई झुक्याउनमै सीमित भएको यो पार्टीको आरोप छ । निमुखा जनताका लागि एकपटक वर्षसंघर्ष आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति :
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया