Techie IT
  • २२ जेठ २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

सुर्तीजन्य पदार्थ विरुद्ध र्याली, नाटक प्रदर्शन तथा संकल्प कार्यक्रम


काठमाडौं । विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा शनिबार नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।

यसै सन्दर्भमा भक्तपुर क्यान्सर अस्पतालको आयोजना तथा बुढानीलकण्ठ नगरपालिकाको सहआयोजनामा बुढानीलकण्ठ मन्दिर परिसरमा शनिबार राजधानीमा सुर्तीजन्य पदार्थ विरुद्ध र्याली, नाटक प्रदर्शन तथा संकल्प कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यक्रममा सम्बोधन गर्दै सुर्तीजन्य पदार्थ सेवनको सामाजिक, आर्थिक र मानसिक असर गम्भीर रहेको उल्लेख गरे। युवाहरू भविष्यका आधारशिला हुन्, तर उनीहरू नै यस्तो लतमा फस्दै गएका छन्, जुन उनीहरूको सम्भावनालाई नष्ट गरिरहेको छ। विद्यालय, क्याम्पस र समुदायका प्रत्येक तहबाट यसको विरुद्ध आवाज उठ्नुपर्छ, स्वास्थमन्त्री पौडेलले भने । स्वास्थ्य मन्त्री पौडेलले सुर्तिजन्य पदार्थ सेवन आफु पनि नगर्ने र अरुलाई पनि नगर्न कार्यक्रममै संकल्प गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले राज्यका केही निकायहरू राजस्वको मोहमा यस्ता उद्योगहरूलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेको उल्लेख गर्दै ती उद्योगहरूले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताए। “नियमनका लागि ऐन त छ, तर कार्यान्वयन कमजोर छ,” उनले स्पष्ट पारे।

“सुर्तीजन्य उद्योगहरू राज्यको समृद्धिमा योगदान दिने आवश्यक क्षेत्र होइनन्। तर कर राजस्वको मोहमा राज्यका केही निकायहरूले यस्ता उद्योगलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेका छन्, जसको सिधा असर नागरिकको स्वास्थ्यमा परेको छ। यसले दीर्घकालीन रूपमा हाम्रो स्वास्थ्य प्रणालीमा भार बढाइरहेको छ। पछिल्लो समय लागू गरिएको ऐनले केही मात्रामा नियन्त्रण ल्याएको भए पनि त्यो पर्याप्त छैन, किनभने नीतिको प्रभाव कार्यान्वयनमा निर्भर हुन्छ। यदि हामी सबै नागरिकले सुर्तीजन्य पदार्थको सेवन नगर्ने संकल्प लिन्छौँ भने यस्ता उद्योगहरू स्वतः बन्द हुनेछन्। त्यसैले हामीले व्यक्तिगत स्तरदेखि सामुदायिक तहसम्म स्वास्थ्यप्रति उत्तरदायी व्यवहार अपनाउनु आवश्यक छ। सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र र शैक्षिक संस्थाबीच समन्वय गरी मात्र दीगो परिवर्तन सम्भव छ”, उनले स्पष्ट पारे।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode