Techie IT
  • २२ जेठ २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

राजावादीबारे प्रचण्डको टिप्पणी – भाडाका मान्छे सडकमा ल्याएर धेरै चुरिफुरी नगरे हुन्छ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले आन्दोलनमा भाडामा मान्छे ल्याएको टिप्पणी गरेका छन् । आज प्रेस सेन्टर नुवाकोटले गरेको अन्तरक्रियामा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूलाई धेरै चुरीफुरी नगर्न चेतावनी पनि दिए ।

उनले भने,‘सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि विलकुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरुलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा सविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरुसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’

अध्यक्ष दाहालले राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता रहेको बताउँदै उनले राप्रपाले संविधान नै खारेज गर्ने कुराको तुक नभएको अर्थ राखे । राजावादीले आफूसँग भएको अलिअलि पैसा खर्च गरिरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सदनमा संविधान अनुसार सपथ खाएर संविधानविरुद्ध नजान आग्रह पनि राजावादीहरूलाई गरे। प्रचण्डले राजावादी आन्दोलनलाई केवल राजाका लागि नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिका रुपमा अथ्र्याएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode